दाङमा ट्रकमा मोटरसाइकल ठोक्किदा चालकको मृत्यु
तुलसीपुर ।
दाङमा ट्रकमा मोटरसाइकल ठोक्किदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।
गयराती पूर्व पश्चिम राजमार्गमा अन्तर्गत पर्ने राप्ती गाउँपालिका वडा नम्बर ८ बिजौरीमा भालुबाङ्गबाट लमही आउदै गरेको रा ३ प १३७३ नम्बरको मोटरसाइकल रोकि राखेको लु १ ख ७००६ नम्बरको ट्रकको पछाडी ठोक्किएको हो ।
मोटरसाईकल ठोक्किददा राप्ती गाउँपालिका वडा नम्बर ७ निवासी २७ बर्षिय अनिल चौधरीको मृत्यु भएको ईलाका प्रहरी कार्यालय भालुबाङ्गले जनाएको छ । स्थानीय मेडिकलमा प्राथमिक उपचार गरी थप उपचारको लागी लमही ल्याउदै गर्दा चौधरीको बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
तपाईंको प्रतिक्रिया