राजाकोट बनको अध्यक्षमा शाह

 पुष ०३, २०७७

तुलसीपुर ।
राजाकोट सामुदायिक बन उपभोक्ता समितिको १५ औ वार्षिक साधारणसभा सम्पन्न भएको छ। उक्त साधारण सभाले एम एन शाहको अध्यक्षतामा नँया कार्यसमिति चयन गरेको छ । जसको उपाध्यक्षमा भरत परियार, सचिवमा तेजा देबकोटा , कोषाध्यक्षमा गिता पौडेल चयन भएका छन भने सदस्यमा जितेन्द्र खड्का,शरण चौधरी, चन्द्रजित चौधरी, ठाकुर चौधरी, निर्मला सुनार ,डोर बहादुर खड्का , सिता डांगी रहेका छन ।

अध्यक्ष शाहको अध्यक्षता एवम् दंगीशरण गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष तुलसीराम देवकोटाको प्रमुख आतिथ्यतामा सभाको आयोजना गरिएको थियो ।

तपाईंको प्रतिक्रिया