संसद बिघटन जनतामाथिकाे अपमान हाे : कांग्रेस

 पुष १३, २०७७


तुलसीपुर ।

संसद बिघटन बिरुद्ध नेपाली कांग्रेसले दाङका तिनवटै निर्बाचन क्षेत्रमा बिरोध प्रर्दशन गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको कदम असंबैधानिक भएको भन्दै नेपाली कांग्रेस क्षेत्र नं. ३ को आयोजनामा सोमबार तुलसीपुरमा बिरोध प्रर्दशन भएको हो । तुलसीपुरस्थित क्षेत्रीय पार्टी कार्यालयबाट सुरु भएको बिरोध प्रर्दशन बिरेन्द्र चोक हुदै बीपी चोकमा पुगेर कोणसभामा परिणत भएको थियो ।

कोणसभा लाई सम्बोधन गर्दै नेपाली कांग्रेस नेताहरुले दुई तिहाई सरकारका नेताहरुले संसद बिघटन गरेर जनतालाई अपमान गरेको आरोप लगाए । उनिहरुले नेपाली कांग्रेस प्रजातन्त्रवादी पार्टी र जनताको हक अधिकारका लागी लड्ने पाटी भएकाले चुनावदेखि कहिल्यै पनि नडराउने बताएका थिए ।

कार्यक्रममा नेताहरु डिल्ली चौधरी , शंकर गिरी, पुर्व सांसद गेहेन्द्र गिरी,नेपाली कांग्रेसकी नेतृ चित्रा गिरी,कांग्रेस युवा नेता युवराज खड्का,रमेश मल्ल लगाएतले सम्बोधन गरेका थिए । नेपाली काँग्रेस क्षेत्र नं. ३ का क्षेत्रीय सभापति जगतबहादुर खड्काको अध्यक्षतामा कार्यक्रम भएको थियो ।

तपाईंको प्रतिक्रिया