अध्यक्ष पुनमाथि प्रचण्ड-माधव समुहको कारवाही

 पुष १७, २०७७

तुल्सीपुर ।

नेकपा प्रचण्ड-माधव समुहले पार्टीका सल्यान जिल्ला अध्यक्ष गोविन्द कुमार पुनलाई कारबाहिको लागि प्रदेश कमिटीमा सिफारिस गरेको छ । प्रचण्ड–माधव समुहको बसेको जिल्ला कमिटीको तेस्रो पूर्ण बैठकले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपि शर्मा ओलीले चालेको असंवैधानिक र प्रतिगामी कदमलाई साथ र समर्थन दिएको भन्दै पार्टीका जिल्ला अध्यक्ष पुनलाई अध्यक्षबाट मुक्त गर्नको लागि प्रदेश कमिटीमा सिफारिस गर्ने निर्णय गरेको हो ।

जिल्ला बाट केन्द्रीय कमिटी, प्रदेश कमिटी, प्रदेश परिषद र प्रदेश सल्लाहकार कमिटीमा प्रतिनिधित्व गर्ने दुई तिहाई बढी नेताहरु र जिल्ला कमिटीका पनि दुई तिहाई बढी सदस्यहरुको उपस्थितिमा अध्यक्ष पुनलाई कारबाहीको लागि प्रदेश कमिटीमा सिफारिस गरिएको उक्त समुहले बिहिबार पत्रकार सम्मेलन मार्फत जानकारी गराईएको छ ।

त्यस्तै बैठकले जिल्लाका विभिन्न पालिकाहरुका ईञ्चार्जहरुको जिम्मेबारी पनि हेरफेर गरेको छ । कपुरकोट गाउँपालिकाका नेकपा इन्चार्ज भिम बहादुर सेनले केपी ओलीको कदमलाइ समर्थन र सहयोग गरेको भन्दै उनलाइ हटाएर उनको ठाउँमा भद्रसिंह बुढालाइ इन्चार्ज तोकिएको छ ।

भद्रसिंह बुढा यसअघि सिद्द कुमाख गाउँपालिकाको पार्टी इन्चार्ज थिए । सिद्द कुमाखको ईञ्चार्जमा भने सुंनिमा डिसीलाई तोकिएको छ । पार्टीले माघ १ गते सल्यानमा बृहत कार्यकर्ता बेला पनि गर्ने बताइएको छ ।

तपाईंको प्रतिक्रिया