संसद विघटन विरुद्ध कांग्रेसको देशभर विरोध सभा

 पुष २५, २०७७

तुलसीपुर ।

संसद विघटनको विरोधमा नेपाली कांग्रेसले देशभर प्रदर्शन गरेको छ । देशभरका ३३० वटा निर्वाचन क्षेत्रमा विरोध कार्यक्रम गरेको हो । यता दाङको तुलसीपुरमा पनि विरोध सभा गरिएको छ । सभालाई सम्बोधन गर्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री दिपक गिरीले पार्टी भित्रको कलहका कारण देशले संकट ब्यहोर्नुपरेको बताएका थिए । संवैधानिक व्यवस्था विरुद्ध चालिएको यस्तो कदमको भ्रत्सना समेत गरेका थिए । कार्यक्रममा लुम्बिनी प्रदेशसभा सदस्य डिल्लीबहादुर चौधरी, शंकर गिरी , लगायतले बोलेका थिए । दाङ निर्वाचन क्षेत्र नम्बर ३ (क) का सभापति घनश्याम ढकालको सभापतित्वमा विरोध सभा भएको थियो ।

क्षेत्रिय कार्यालय तुलसीपुरबाट सुरु भएको विशाल बिरोध ¥यालीले प्रदर्शन गर्दै तुलसीपुरको वीपी चौकमा बिरोध सभामा परिणत भएको थियो । कार्यक्रमको सहजीकरण सचिव चुर्णबहादुर चौधरीले गरेका थिए ।

तपाईंको प्रतिक्रिया