विप्लवद्वारा आन्दोलनका कार्यक्रम घोषणा

 माघ ०१, २०७७

काठमाडौं।

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आफ्ना नेता पक्राउ गरेको विरोधमा नेपाल बन्दसहितका आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । पार्टीका सचिवालय सदस्य एवं विदेश विभाग प्रमुख समते रहेका चक्रप्रसाद बास्तोला ‘कञ्चन’लाई बुधबार प्रहरीले पक्राउ गरेको थियो।

प्रहरी उच्च तहको नेृत्वलाई नै पक्राउ गरेपछि विप्लप समूहले त्यसको विरोधमा नेपाल बन्दसहित ५ दिने संघर्षका कार्यक्रम बिहीबार घोषणा गरेको हो । महासचिव विप्लवद्वारा हस्ताक्षरित विज्ञप्ति अनुसार ३ गते देशव्यापी जुलुस, ५ गते देशव्यापी विरोधसभा, ७ गते देशव्यापी विरोध प्रदर्शन, ९ गते देशव्यापी मसाल जुलुस र १० गते नेपाल बन्द रहेको छ।

तपाईंको प्रतिक्रिया

sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar6

लोकप्रिय