राजतन्त्र पुर्नस्थापनाको सुरुवात: प्रचण्ड

 माघ ०६, २०७७

तुलसीपुर ।
नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभा विघटन राजतन्त्र पुनस्थापना गर्ने प्रक्रियाको सुरुवात भएको बताएका छन । प्रचण्ड–माधव समूह सम्वद्ध नेपाल प्रेस संगठनको भेलालाई काठमाडौंमा सम्बोधन गर्दै प्रचण्डले संसद विघटन गर्न प्रधानमन्त्रीले गरेको सिफारिसमा राजाको भाषा गन्हाएको टिप्पणी गरे ।

आफैंले प्रस्ताव गरेको प्रधानमन्त्री केपी शर्मा ओलीले जनतामा निहित सार्वभौमसत्तामाथि आक्रमण गरेकाले आफूमा आवेग, घृणा र आक्रोश रहेपनि अधैर्य नभएको प्रचण्डको भनाइ छ । विधि पद्धतिबाट प्रतिगमन सच्याउन चाहेका पनि उहाँले बताएका छन । संसद भंग गरेर ओलीले देशलाई संविधानविहीनता र तानाशाहीको भूमरीमा लैजान खोजेको पनि प्रचण्डले बताए ।

तपाईंको प्रतिक्रिया