दलित आन्दोलनमा नेकपाको अहंम भुमिका: प्रभाकर

 माघ ०९, २०७७


तुलसीपुर ।

नेकपा स्थायी समिति सदस्य तथा पुर्व मन्त्री जनार्दन शर्माले दलित आन्दोलनमा नेकपाको अहंम भुमिका रहेको बताएका छन । नेपाल दलित मुक्ति संगठन जिल्ला कार्यदलले आज तुलसीपुरमा आयोजना गरेको जिल्ला स्तरिय कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्वोधन गर्दै उनले यस्तो बताएका छन् । पार्टि भन्दा बाहिर बाट आन्दोलन नभएको भन्दै कम्युनिष्ट पार्टिको नेतृत्वमा आन्दोलन अघि बढेको र हालका उपलव्धी हासिल भएको उनले बताएका थिए ।

फलस्वरुप सविंधानले विभिन्न हक अधिकार सुनिश्चित गरेको हुदा उपलव्धी गुम्न नदिन एक जुट हुन आग्रह गरेका थिए । उनले जातिय मुक्तीका लागी दलित समुदायहरु आर्थिक रुपमा बलियो हुनुपर्नेमा जोड दिएका छन् । यसका लागी राज्यले विशेष कार्यक्रम ल्याउनु पर्ने उनको भनाई थियो ।

संगठनका अध्यक्ष टंक सुनारको अध्यक्षतामा भएको कार्यक्रममा बोल्ने बक्ताहरुले दलित माथि हुने विभेद कायमै रहेको हुदा मुक्तिको लागि फुटेर नभई जुटेर अघि बढ्नुपर्ने बताएका थिए । कार्यक्रमको सहजीकरण हिरा सुनारले गरेका थिए । टंक सुनारको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण हिरा सुनारले गरेका थिए ।

तपाईंको प्रतिक्रिया