बालिका बलात्कार आरोपमा भारतीय नागरिक पक्राउ
काठमाडौं ।
पर्साको सदरमुकाम वीरगञ्ज महानगरपालिकामा–१ छपकैयामा एक बालिका बलात्कृत भएकी छिन् । कोठा खोज्ने बहानामा आएका एक भारतीय नागरिकले ११ वर्षीया बालिकालाई बलात्कार गरेका हुन् । पीडित बालिकाको बुबाको उजुरीको आधारमा प्रहरीले बलात्कारमा संलग्न रहेको आरोपमा भारतीय नागरिक नेहाल मियाँलाई पक्राउ गरेको छ ।
बालिकाका बुबा र नेहाल साथी रहेको प्रहरीले जनाएको छ। बालिकाको स्वास्थ्य जाँच गराउँदा बालात्कार भएको प्रारम्भिक जानकारी प्रहरीले परिवारलाई दिएको छ । नेहालविरुद्ध आइतबार जिल्ला अदालत पर्साबाट जर्बजस्ती करणी मुद्दामा म्याद थप गर्ने तयारी भइरहेको प्रहरीले पर्साका डिएसपी मनोजीत कुँवरले जानकारी दिए ।
तपाईंको प्रतिक्रिया