बबईमा जग्गा नापी कार्य सुरु
हापुरे ।
दाङको बबई गाउपालिकाको रिमखोलीबाट जग्गा नापीको काम सुरु भएको छ । गाउपालिकाले औपचारिक कार्यक्रमको आयोजना गरि जग्गा नापीको काम सुरु गरेको हो । कार्यक्रमको उद्घाटन गर्दै अध्यक्ष भुबनेश्वर पौडेलले अबको तीन महिनामा नक्साङ्कन कार्य सकिने बताए । ४ वटा टोलि निर्माण गरि कामलाई छिटो छरितो रुपमा गरिने उनले बताए ।
अध्यक्ष पौडेलले नक्साङ्कन कार्यमा सहयोग गर्न सबैलाई आग्रह पनि गरेका छन । साथै अध्यक्ष पौडेलले श्रीमान र श्रीमतिको सयुक्त लालपुर्जा बन्ने उनले जानकारी दिए । कार्यक्रममा उपाध्यक्ष साबित्रा बिश्वकर्माले महिलालाई मालिक बन्ने अबसर प्राप्त भएको बताए । महिला मालिक बनेपछी सबै प्रकारका हिंसाबाट मुक्त हुने उनले बताए ।कार्यक्रममा वडा नम्बर ३ का वडा अध्यक्ष नन्दलाल वली, भूमि सम्बन्धी समस्या समाधान सहजीकरण समितिका सदस्य जितबहादुर वली, पिमलाल खत्री, आइताराम बिक, पत्रकार शरद अधिकारीले बोलेका थिए ।
वडा नम्बर २ का वडा अध्यक्ष चिन्तामणी शर्माको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण वडा नम्बर ५ का वडा अध्यक्ष डम्बर शिरीष मगरले गरेका थिए ।
तपाईंको प्रतिक्रिया