बन्द सफल पार्न नेकपा दाङको अपिल
तुलसीपुर ।
प्रचण्ड–नेपाल समूहको नेकपाले सरकारले संवैधानिक पदहरूमा गैर कानुनी नियुक्ति गरेको विरोधमा सशक्त आन्दोलन कार्यक्रम घोषणा गरेको छ । संवैधानिक निकायका पदाधिकारीलाई जबरजस्ती ढंगमा शपथ गराइएपछि सचिवालय बैठकले आन्दोलनका कार्यक्रम थप सशक्त गर्ने निर्णय गरेको हो । जस अन्तर्गत बिहीबार देशव्यापी हडताल आयोजना गरिएको छ ।
यता नेकपा दाङले हड्ताल सफ पार्न आग्रह गरेको छ । अध्यक्ष टिकाराम खड्का र सचिव तुलसीराम पुनले एक प्रेस विज्ञप्ती जारी गरि हड्ताललाई सफल पार्न सम्पुर्ण जन समुदायमा आग्रह गर्दछौ, विज्ञप्तीमा उल्लेख गरिएको छ । यस अवधिमा अत्यावस्यक बाहेक सबै बन्द गरि प्रतिगमनका विरुद्धको आन्दोलनलाई सफल पार्न आग्रह गरिएको छ ।
तपाईंको प्रतिक्रिया