नेकपाले उद्योग बाणिज्य संघको निर्वाचनमा उम्मेदवार टुङ्ग्यायो

 माघ २३, २०७७

तुलसीपुर ।

तुलसीपुर उद्योग वाणिज्य संघको निर्वाचन नजिकिदै जादा दलहरुले उम्मेदवार छनौट गर्न थालेका छन । सहमतिमा नेतृत्व चुन्ने प्रयास जारी रहेको बताएतापनि दलहरुले उम्मेदवार भने छनौट गरिसकेका छन । यसैक्रममा नेकपाले उम्मेदवारी घोषणा गरेको छ । तुलसीपुरमा आज पत्रकार सम्मेलन गरी उम्मेदवार छनौटका लागि गठित समितिका संयोजक गेहेन्द्र बस्नेतले उम्मेदवारको नाम घोषणा गरेका हुन ।

जस अनुसार राम प्रसाद चालिसेको नेतृत्वमा निर्वाचनमा जाने घोषणा गरेको हो । अध्यक्ष पदका उम्मेदवार चालिसे हालका बरीष्ठ उपाध्यक्ष हुन । यस्तै संघको बरिष्ठ उपाध्यक्षमा रुप बहादुर खत्री, बाणिज्य उपाध्यक्षमा मिनराज भण्डारी , उद्योग उपाध्यक्षमा यज्ञ बहादुर केसी, महा सचिवमा नरेस राज भण्डारी,कोषाध्यक्षमा पवित्रा केसी, सचिवमा वेद प्रसाद वली, सहकोषाध्यक्षमा टेक प्रसाद केसी लाई उम्मेदवार बनाएको छ ।

त्यसैगरी सदस्यहरुमा सेषकान्त ढकाल, दुर्गा भुसाल, गोपि चौधरी, कमल डाँगी, नविन राई, चक्र प्रसाद नेपाली, निर्मल पौडेल , महिला सदस्यमा निर्मला भुसाल ,गंगावली खड्कालाई उम्मेदवार बनाउने घोषणा गरेको हो । यस्तै, नेकपाले निर्बाचन परिचालन जिम्मा नारायण खनाललाई ,प्रचार प्रसारको जिम्मा लागि ओपेन्द्र बस्नेतलाई दिईएको छ ।

उम्मेदवार घोषणा कार्यक्रममा विघटित प्रतिनिधि सभा सदस्य हिराचन्द्र केसी,नेकपाका विनोद शर्मा लगायतको उपस्थिती रहेको थियो । नेकपा अहिले दुई समुहमा विभाजन भएता पनि कम्युनिष्ट विचारधारका व्यापारीहरु उद्योग बाणिज्य संघको आगामी नेतृत्वका लागी एकढिक्का हुदै अघि बढ्ने भएको हो ।

तपाईंको प्रतिक्रिया