संघको निर्वाचनमा मनोनयन दर्ता

 माघ २५, २०७७

शरद रेग्मी, तुलसीपुर ।
तुलसीपुर उद्योग वाणिज्य संघको नयां नेतृत्वका लागी अध्यक्ष पदमा तीन जनाको उम्मेदवारी परेको छ । नेपाली कांग्रेसको तर्फबाट पुर्व अध्यक्ष टेकन प्रसाद बस्नेत९हिमाल०ले अध्यक्षमा उम्मेदवारी दिएका छन् । नेकपाको तर्फबाट रामप्रसाद चालिसेले उम्मेदवारी दिएका छन् । यस्तै कांग्रेसकै तर्फबाट बागि उम्मेदवारका रुपमा अनुप कुमार श्रेष्ठ (रामु)ले उम्मेदवारी दिएको निर्वार्वाचन अधिकृत तथा अधिवक्ता प्रविण लम्सालले जानकारी दिए । निर्वाचन प्रक्रियामा संस्थागत सदस्य प्रमोद सोनी र एसोशियट सदस्यमा सन्दिपन रिजाल निविरोध निर्वाचित
भैसकेको निर्वाचन समितिले जनाएको छ ।

तीन जना उपाध्यक्षका लागी यज्ञ वहादुर केसी, मीनराज भण्डारी, रुप वहादुर भण्डारी, डिल्ली वहादुर वली, गोकर्ण गिरी, भुपाल रावत, तुलसीराम न्यौपाने, देवेन्द्र केसी, राजेन्द्र प्रसाद क्षेष्ठले मनोनयन दर्ता गरेका छन् । त्यसैगरी महासचिवमा विनिल केसी, केशवराज केसीले उम्मेदवारी दर्ता गरेका छन् भने कोषाध्यक्षमा देव वहादुर केसी, केशव वहादुर वली, पहल वहादुर रोकाय र डिल वहादुर वलीले मनोनयन दर्ता गराएका छन् । सचिवमा खुसलराम शर्मा, सपना बस्नेत, दुर्गा प्रसाद भण्डारी र वेदप्रसाद वलीले उम्मेदवारी दिएका छन् । सहकोषाध्यक्षमा हेमेन्द्र खड्का, कमल गौतम र टेकप्रकाश केसीले उम्मेदवारी दिएका छन् ।

त्यसैगरी सदस्यहरुमा जनक वहादुर रावत, नविन राइ, दिपेश भण्डारी, रुपेश शर्मा, दुर्गावहादुर खड्का, निर्मल कुमार पौडेल, दुर्गाप्रसाद भुसाल, गोपिलाल चौधरी, चक्र प्रकाश नेपाली, डिलाराम बुढाथोकि, लिलामणि चौधरी, पवन केसी, झुपलाल खड्का र वालकृष्णि डागिले उम्मेदवारी दर्ता गराएका छन् । महिला सदस्य तर्फ यमकुमारी घिमिरे, निलम बस्नेत, नारायणि वली, गंगा खड्का, निर्मला भुषाल र विवि वेगम कवडियाले उम्मेदवारी दिएका छन ।

तपाईंको प्रतिक्रिया