ओली समूहले बुटवलमा २ लाख जनता उतार्ने

 माघ २९, २०७७

बुटवल । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहले फागुन १ गते बुटवलमा गर्ने शक्ति प्रदर्शनसहितको आमसभामा २ लाख जनता उतार्ने दावी गरेको छ । बुटवल–७ को सिद्धेश्वर माविको मैदानमा हुने उक्त सभामा रूपन्देही जिल्लाबाट एक लाख र अन्य जिल्लावाट एकलाख गरी २ लाख जनता जुटाउने तयारी गरिएको सो समूहका प्रदेश इन्चार्ज तथा मुख्यमन्त्री शंकर पोखरेलले बताएका हुन् । बिहीबार बुटवलमा आयोजित पत्रकार सम्मेलनमा पोखरेलले सभामा पूर्व जनमुक्ति सेनाको पनि सहभागिता रहने बताए ।प्रधानमन्त्रीलाई दलले नियन्त्रण गर्न खोज्दा प्रतिनिधि सभा विघटन भएको पोखरेलले जिकिर गरे ।

संसद विघटन गर्नुपर्ने बाध्यात्मक परिस्थितिको बारेमा जनतालाई जानकारी दिन सभाको आयोजना गरिएको मुख्यमन्त्री पोखरेलको भनाइ छ । बुटवलको सिद्धेश्वर माविको प्राङ्गणमा सभा हुने छ ।

आफूहरुको शक्ति प्रदर्शन आन्दोलन नभएर अभियान भएको मुख्यमन्त्रीको भनाइ छ । फागुन १ गतेको कार्यक्रमलाई लक्षित गर्दै नेकपा केपी ओली पक्षले बिहीबार नै बुटवलमा मोटरसाइकल र्‍याली समेत गरेको छ ।

तपाईंको प्रतिक्रिया