तुलसीपुर उबासंघमा मतदान जारी
तुलसीपुर ।
तुलसीपुर उद्योग बाणिज्य संघमा नयाँ नेतृत्व चुन्न मतदान सुरु भएको छ । तुलसीपुर बजारस्थित संघको कार्यालयमा बिहान ८ बजे संस्थापक अध्यक्ष डिल्लीबहादुर बस्नेतले मतदानगरेर सुभारम्भ गरेको निर्वाचन समितिका संयोजक प्रबिण लम्सालले बताए । बस्नेतले मतदान गरेपछि पूर्वअध्यक्षहरु चिरिञ्जिबी रिजाल, उत्तमकुमार श्रेष्ठ लगाएतले मतदान गरेका थिए । निकै उत्साहित भएर ब्यबसायीहरु क्रमैसग मतदान गरिरहेका छन ।
विहान साढे १० बजेसम्म तीन सयको हाराहारीमा मत खसि सकेको संयोजक लम्सालले जानकारी दिएका छन । निर्वाचनमा प्रजातान्त्रिक प्यानलको नेतृत्व पूर्व अध्यक्ष टेकनप्रशाद बस्नेत (हिमाल) र बामपन्थी प्यानलको नेतृत्व रामप्रशाद चालिसेले गरेका छन् ।
तपाईंको प्रतिक्रिया