पारिवारिक निजि वनले मनायो स्थापना दिवश
तुलसीपुर ।
वन र कृषिलाई जोडेर आर्यआर्जन मुलक व्यवसाय सन्चालन गर्न सके आर्थिक रुपमा बलियो बन्न सकिने एक कार्यक्रमका बत्ताहरुले जोड दिएका छन । यसका लागि ध्यान दिन किसानहरुलाई आग्रह समेत गरिएको छ । पारिवारिक निजि वन संघ नेपाल दाङ शाखाले ७औँ स्थापना दिवसको अवसरमा तुलसीपुरमा आयोजना गरेको कार्यक्रममा बोल्ने बत्ताहरुले यस्तो बताएका हुन । शाखाका अध्यक्ष पदम केसीको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डेको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।
कार्यक्रममा बोल्दै नगरप्रमुख पाण्डेले बनलाई व्यवसायीकरण गर्नुपर्नेमा जोड दिनु भएको थियो । साथै उहाले पारिवारिक निजि वन भित्र देखीएका समस्या समाधानका लागी स्थानिय सरकार सन्चालन ऐन अन्र्तगत आफुहरुले बन ऐन तयार पारेको बताउदै कानुनी अप्ठेरोलाई सहज बनाउन आफुहरु तयार रहेको बताउनु भयो ।
आफनो जमिनमा बृक्षारोपण गरी संरक्षण गरेको रुख विरुवालाई उपभोग तथा ओसारपसार गर्दा आईपर्ने कानुनी झन्झिटिलो प्रक्रियलाई सहज बनाउन स्थानिय सरकार लागी परेको उहाको भनाई थियो । संघका जिल्ला कोषाध्यक्ष धन बहादुर केसीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ३ का वडा अध्यक्ष विर बहादुर विक, बातावरण तथा हरियाली शाखाका बन अधिकृत ओमकान्त न्यौपाने, सव डिभिजन बन कार्यालय तुलसीपुरका प्रमुख बिनोद शाह, ग्रिन फाउण्डेशन नेपाल दाङका अध्यक्ष विष्णु केसी र स्थानिय बन महासंघ तुलसीपुरका अध्यक्ष चन्द्र वली लगाएतले बोल्नु भएको थियो । कार्यक्रमको सहजीकरण सचिव भिमार्जुन रेग्मीले गर्नु भएको थियो ।
यसैविच संघको आयोजनामा जलवायु परिवर्तन अनुकुलनका लागी कृषक महिलाहरुको क्षमता अभिबृद्धि विषयक एक दिने तालिम सम्पन्न भएको छ । अन्र्तराष्ट्रिय श्रमीक महिला दिवसको अवसर पारी कृषक महिलालाई यस्तो तालिम प्रदान गरिएको संस्थाका सचिव भिमार्जुन रेग्मीले जानकारी दिनु भएको छ । संघद्धारा गठित तुलसीपुर १, ३ र ४ का कृषक समुहहरुको सहभागिता रहेको थियो । संस्थाले गत वर्ष कृषकहरुलाई टिमुर खेतीको लागी उत्प्रेरित गर्ने उद्देश्यका साथ टिमुरका विरुवा समेत वितरण गरेको थियो ।।
तपाईंको प्रतिक्रिया