१३ करोड घोटला गरेका भेटवाल धरौटीमा छुटे
काठमाडौं ।
काठमाडौं भ्यू टावर निर्माणमा १३ करोड बढीको घोटला गरेका ठेकेदार मनोजकुमार भेटवाललाई विशेष अदालले २ लाखभन्दा कम धरौटीमा छोड्न आदेश दिएको छ । न्यायाधीशहरू प्रेमराज कार्की, चन्द्रबहादुर सारु र बालेन्द्र रुपाखेतीको इजलासले १३ करोडभन्दा बढीको घोटला काण्डमा थुनामा रहेका ठेकेदार भेटवाललाई एक लाख ९० हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनलार्य बैंकिङ कसूरमा प्रक्राउ गर्दै १३ करोड २६ लाख विगो माग दाबी गरेको थियो । यस्तै, अख्तियारले उनलाई १० वर्ष कैद सजायको समेत माग दाबी गरेर फागुन २५ गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो । यही फाइनान्स लिमिटेडको रकम हिनामिना प्रकरणमा पक्राउ परेका भेटवालसँगै बसन्त मल्ल, विकास श्रेष्ठ, मधुवनलाल श्रेष्ठ, भैरवप्रसाद भेटवाल र रविन लामा पनि धरौटीमा छुटेका छन् । उनीहरुमाथि ४० करोड रुपैयाँ हिनामिना गरेको आरोप छ ।
भेटवाललको कम्पनी जलेश्वर स्वच्छन्द विकोइ विल्डर्सले खुलामञ्चमा कब्जा गर्दै सटर बनाएर भाडा लगाउँदै सर्वसाधारणबाट कराडौं रकम उठाएको थियो। जलेश्वर स्वच्छन्द बिकोई बिल्डर्सले ४ करोड ६० लाख ४२ हजार ८५० रुपैयाँको अवैध कारोबार गरेको राजस्व अनुसन्धान विभागको निष्कर्ष थियो ।
प्रभु बैंक, एनआईसी एसिया बैंक र तत्कालिन एपेक्स बैंकले उनलाई कालोसूचिमा राखेका थिए ।



तपाईंको प्रतिक्रिया