समानुपातिक प्रणालीतर्फको सिट बाँडफाँट, तीन दिनभित्र नाम पेश गर्नुपर्ने

 फागुन २८, २०८२

काठमाडौं । निर्वाचन आयोगले समानुपातिक प्रणालीतर्फको अन्तिम परिणाम सार्वजनिक गर्दै सिट बाँडफाँट गरेको छ । आयोगले तीन प्रतिशत पार गर्ने ६ दलले प्राप्त गरेको सिट संख्या सार्वजनिक गरेको हो ।

आयोगका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले ५७, नेपाली कांग्रेसले २०, नेकपा एमालेले १६, नेकपाले ९, श्रम संस्कृतिले ४ र राप्रपा ४ सिट प्राप्त गरेका छन् ।

आयोग दलहरुलाई तीन दिनभित्र नाम पेश गर्न म्याद पनि दिएको छ ।

तपाईंको प्रतिक्रिया