अग्नीपिडितलाई सहयोग

 चैत ०३, २०७७

शिवु खनाल , देउखुरी ।
आगँलागीबाट विस्थापित भएका लमही नगरपालिका वडा नम्बर ६ ढिकपुरका छवटा घर परिवारलाई राप्ती टोल विकास संस्थाले मंगलवार पचाँस हजार बराबरको लत्ता कपडा, भाडाकुडा, र पाँच बोरा स्वाइविन, सर्फ र साबुन वितरण गरेको छ । मंगलवार दुमदुमा टोल विकास संस्थाका अध्यक्ष अनुप बुढाको नेतृत्वमा छवटा घरका अग्नीपिडितलाई उक्त राहत सामाग्री हस्तान्तरण गरिएको हो । यस्तै दुमदुमा टोल विकास संस्थाले उन्चालि हजार दुईसय नगद र तिस हजार बराबरको खाद्यान्न सहयोग गरेको राप्ती टोल विकास संस्थाका अध्यक्ष अनुप बुढाले जानकारी दिनुभयो ।

ढिकपुरका अग्नीपिडितलाई लंगडी टोल विकास संस्थाले एघार हजार छसय नगद र तिस हजार बराबरको खाद्यान्न, एस।एस फेन्सी पसलका संचालक एवम् समाजसेवी श्याम चौधरीले बीस हजार बराबरको लत्ता कपडा अग्नी पिडितलाई हस्तान्तरण गर्नुभएको छ । दुमदुमा कृषि सहकारी संस्थाबाट नगद आठ हजार सहयोग गरेको अध्यक्ष अनुप बुढाले जानकारी दिनुभयो ।

सोमबार विहान दश बजे विद्युत् सट भइ लमही नगरपालिका वडा नम्बर ६ ढिकपुर स्थित छवटा घर जलेर खरानी भएको थियो ।

तपाईंको प्रतिक्रिया