कांग्रेस नेता कोइरालाको निधन

 चैत ०५, २०७७

काठमाडौं ।

कांग्रेस नेता अशोक कोइरालाको निधन भएको छ । विराटनगर उपमहानगरपालिकाका संस्थापक मेयर एवं नेपाली कांग्रेस मोरङका पूर्वसभापतिसमेत रहेका ७७ वर्षीय कोइरालाको उपचारका क्रममा विराटनगरको न्युरो अस्पतालमा निधन भएको हो । श्वासप्रश्वासमा समस्या देखिएर असहज महसुस गरेपछि उनलाई उपचारका लागि बुधबार बिहान २ बजेतिर अस्पताल लगिएको थियो ।

उपचारका लागि भर्ना गरेको २४ घण्टा पुग्न नपाउँदै कोइरालाकोे निधन भएको हो । नेपाली कांग्रेस महासमिति सदस्य रहेका कोइराला २०४८ सालको स्थानीय निर्वाचनबाट विराटनगर उपमहानगरको पहिलो मेयरमा विजयी बनेका थिए । २०४४ सालमा नेपाली कांग्रेसको जिल्ला सभापति बनेका कोइराला २०७० सालको संविधान सभा निर्वाचनमा संविधानसभा सदस्य समेत भएका थिए । उनी राष्ट्रिसभाका पूर्वउपाध्यक्ष पनि हुन् ।

अशोक कांग्रेसका राजनीतिमा रहेका कोइराला परिवारका सन्तान एवं नेपालका पूर्वप्रधानमन्त्री स्वः सुशील कोइरालाका सहोदर भाइ हुन्। कोइरालाका श्रीमती, एक छोरा र एक छोरी छन् । यसैबीच, कोइरालालाई श्रद्धान्जली दिन कांग्रेस सभापति देउवा विराटनगर जाने भएका छन् ।

तपाईंको प्रतिक्रिया