श्रीमानसँगै होटलमा बसेकी महिला मृत फेला

 चैत ०५, २०७७

धनगढी ।

श्रीमानसँगै होटलमा बसेकी महिला मृत फेला परेकी छन् । कञ्चनपुरको बेल्डाडी गाउँपालिकाकी कमला रोकाया बिहीबार धनगढी–३ को सौराइ होटलमा मृत फेला परेकी हुन् ।जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार सौराइ होटलमा भुइँमा सुतेको अवस्था उनी मृत फेला परेकी थिइन् ।

प्रहरीका अनुसार ती महिला भारतको पन्जाबाट जग्गासम्बन्धी काम भएकाले धनगढी आएकी थिइन् । उनको मृत्युपछि श्रीमान सुर्जल रोकायालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

तपाईंको प्रतिक्रिया