सुशासनको लागि सञ्चारको भुमिका अहंम

 चैत ०६, २०७७

तुलसीपुर ।
सरकारलाई सुशासनयुक्त वनाउन सञ्चार जगतको भुमिका महत्वपुर्ण हुने एक कार्यक्रमका सहभागिले जोड दिएका छन । तुलसीपुर उपमहानगरपालिकाले विभिन्न क्षेत्रमा निर्वाचित र मनोनित भएका पत्रकारहरुलाई सम्मान गरेको कार्यक्रममा बोल्ने बत्ताहरुले यस्तो बताएका हुन । उनिहरुले पत्रकार समाजको ऐना भएको हुदा समाजको विकास सगै रुपान्तरणका लागि निश्पक्ष रुपमा कलम चललाउनुपर्नेमा जोड समेत दिएका थिए ।

उपमहानगरका प्रबत्ता सुर्य बहादुर डाँगीको अध्यक्षता तथा नगर प्रमुख घनश्याम पाण्डेको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा अकोरावका अध्यक्ष अर्जुन गिरी,केन्द्रीय सदस्यहरु संगित बस्याल,शुक्रराज भण्डारी,रोशनमान श्रेष्ठ, प्रदेश सचिव बालकृष्ण पाण्डे,प्रेश काउन्सीलका सदस्य शरद अधिकारी, मानव अधिकार तथा शान्ती समाजका वरिष्ठ उपसभापति सुशिल वस्नेत, राष्टिय दलित पत्रकार संघ नेपाल दाङ जिल्ला अध्यक्ष बसन्त परियार र स्वतन्त्र पत्रकार संघका अध्यक्ष जित शागर जिएम लाई सम्मान गरिएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख घनश्याम पाण्डेले तुलसीपुरमा अत्याधुनिक मिडिया सेन्टर खोल्नका लागि प्रस्ताव गर्नुभएको थियो ।

उनले पत्रकारहरुलाई सूचना संकलन र सम्प्रेषणका लागि सहज होस् भन्नका लागि आधुनिक उपकरण जडित सुविधायुक्त मिडिया सेन्टर सञ्चालन गर्न उपमहानगरपालिका तयार रहेको समेत वताए । उनले मिडियाको भुमिकालाई वलियो वनाउनका लागि स्थानीय सरकार प्रमुखको हिसावले आफु प्रतिवद्ध रहेको वताए । मिडिया बलियो भए मात्रै त्यसको भुमिका वलियो हुने उनको भनाई थियो ।

कार्यक्रममा बोल्दै सामुदायिक रेडियो प्रशारक संघका अध्यक्ष अर्जुन गिरीले सामुदायिक रेडियोलाई समुदायमुखी वनाउनका लागि पहल गर्ने वताए । उनले स्थानीय सरकारका गतिला कामको चर्चा कम हुने गरेको वताउँदै सामुदायिक रेडियोहरुलाई त्यसतर्फ अगाडी वढ्नका लागि उत्प्रेरित गर्ने प्रतिवद्धता समेत व्यक्त गरे । त्यसैगरी प्रेस काउन्सिल नेपालका सदस्य शरद अधिकारीले पत्रकारितलाई अनुशासित वनाउनका लागि वलियो भुमिका निर्वाह गर्ने वताए ।

यस्तै, राष्ट्रिय मानव अधिकार तथा शान्ती समाजका वरिष्ठ उपसभापति सुशिल वस्नेतले मानव अधिकारका मुद्दाहरु अझै सशक्त ढंगले उठ्न नसकेको भन्दै आफुले भुमिका वहन गर्ने वताए । कार्यक्रममा नेपाल पत्रकार महासंघ सहसचिव शर्मिला डिसीले विभिन्न क्षेत्रमा महत्वपूर्ण पदमा निर्वाचित भएकाहरुलाई शुभकामना दिएकी थिइन् । कार्यक्रमको सहजिकरण वसन्त आचार्यले गरेका थिए ।

तपाईंको प्रतिक्रिया