दंगीशरणमा चैत २० देखी हात्तीपाईले औषधि खुवाईने
दिप्तीशिखाचौधरी, दंगीशरण ।
दंगीशरण गाउँपालिकाले यहि चैत्र २० गते देखि हात्तीपाईले विरुद्धको औषधि खुवाउँने भएको छ । प्रत्येक वडामा रहेका स्वास्थ्यचौकि, आधारभुत स्वास्थ्यचौकिहरुबाट स्वास्थ्यकर्मीहरुद्धारा आम औषधिसेवन कार्यक्रम संचालन गरिने भएको स्वास्थ्यशाखा प्रमुख दशरथ गीरीले जानकारी दिए । हात्तीपाईले विरुद्धको औषधिखुवाउँने कार्यक्रम अभियानकै रुपमा संचालन गर्ने भएकाले समपूर्ण स्वास्थ्य स्वमयंसेवीका,स्वास्थ्यकर्मीहरुलाई सहयोगका लागि अनुरोध गरेको छ ।
सुगर, प्रेसर, दम, युरीक एसिड लगाएतका विरामीहरुलाई पनि यो औषधि खान मिल्ने स्वास्थ्यशाखाले जनाएको छ । तर दुई बर्षका बालीबालीका ,गर्भवती,४५ दिन सम्मका सुत्केरी, मृगौलाको डाईलासीस गरिरहेका बिरामी र सिकीस्त विरामीले यो औषधि सेवनगर्न नमील्ने स्वास्थ्यशाखाले जनाएको छ । हात्तीपाईले निवारणको आमऔषधि सेवनका विषयमा सोमबार दंगीशरण गाउँपालिकामा भएको अभिमुखीकरणमा स्वास्थ्य केन्द्र बागरका डा.कृष्ण घर्तीले हात्तीपाईले रोगको विस्तृत रुपमाजानकारी दिनुभएको थियो ।
डा. घर्तीले क्युलेक्स नामकपोथी लामखुट्टेको टोकाईबाट बच्न र अनीवार्य रुपमाऔषधि सेवनगर्नुपर्ने बताउँनुभयो । सो अवसरमाअध्यक्षभागिरामचौधरीले अझै पनि दाङ लगाएत ११ जिल्लामायसको जोखीम रहेकाले दंगीशरणबासीहरु सचेत रहि औषधि सेवनगर्नुपर्ने बताउँनु भयो । उपाध्यक्ष पिमाकुमारी खड्काले दंगीशरणमा हात्पाईले रोगिहरु नभेटिएको कुरा खुसीको कुरा हो भन्दै २० गते देखि संचालन भईरहेको अभियानमा सबैजनाले औषधि सेवनगर्न उहाँले आग्रह गर्नुभयो ।
तपाईंको प्रतिक्रिया