बालविकास केन्द्रका वालबालीका तुलसीपुरमा

 चैत १३, २०७७

तुलसीपुर ।

तुलसीपुर १८ बिजौरीमा रहेको असहाय बाल विकास केन्द्र नेपालमा बसेका बालबालिकाहरुलाई सारिएको छ । केन्द्रमा बसेका १५ जना बालबालिकाहरुलाई तत्काल उद्धार गरी सुरक्षितका लागि सारीएको वडा अध्यक्ष माधव वलीले जानकारी दिनु भएको छ । केन्द्रका सन्चालक बिष्णु चौधरी विरुद्ध प्रहरी कार्यालयमा बालिका बलात्कार गरेको उजुरी परेको घटना सार्वजनिक भएपछि १६ जना बालबालिका मध्ये एक जना पिडित बाहेक अन्य १५ जनालाई हाल तुलसीपुर उपमहानगरको सेफ हाउस र पब्लिक ज्ञाजज्योती स्कुलमा व्यवस्थापन गरिएको छ ।

६ जना बालिकालाई तुलसीपुरको सेफ हाउस र ९ जना बालकलाई उनीहरुले अध्ययन गदै आएको ज्ञानज्योती स्कुलको होस्टेलमा राख्ने तयारी भएको वडा अध्यक्ष वलीले जानकारी दिनु भएको छ । केन्द्रमा दाङ सहित सल्यान, रुकुम,रोल्पाका अनाथ बालबालिकाहरु बस्दै आएका थिए । बलात्कार विरुद्धको उजुरी परेपछि चौधरी फरार रहेको प्रहरीले जनाएको छ ।

तपाईंको प्रतिक्रिया