लुम्बिनी प्रदेशका १८ स्थानमा डढेलाे

तुलसीपुर । लुम्बिनी प्रदेशभर १५ हजार हेक्टर वनमा डढेलो लागेको छ । प्रदेश सरकारको उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयले दिएको तथ्याङ्क अनुसार हालसम्म प्रदेशको १५ हजार ३ सय ४९ हेक्टर वनमा डढेलो लागेको छ ।
मन्त्रालयका वातावरण महाशाखा प्रमुख डिलाराम पौडेलले लामो समयदेखि पानी नपरेका कारण सुख्खापन बढ्दै गएकाले डढेलो लागेको बताए ।
अघिल्लो बर्ष पानी परिरहेको थियो, तर यसपटक त्यसो भएन,’ उनले भने–‘वन निकै सुख्खा हुँदै गएकाले डढेलो अनियन्त्रित बनेका छन् ।’
मंगलबारसम्म मन्त्रालयले प्रदेशका १४ वटा वन डिभिजन कार्यालयबाट संकलन गरेको तथ्याङ्क अनुसार अहिले प्रदेशका १२ वटै जिल्लाका विभिन्न १८ वटा स्थानमा डढेलो लागिरहेको छ । सबै भन्दा बढि अर्घाखाँची सङै दाङ, राेल्पा लगायतका जिल्लामा अागलागि भएको छ ।
तपाईंको प्रतिक्रिया