घोराही-लमही सडकखण्ड ५ दिन बन्द

तुलसीपुर ।
दाङको घोराही लमही सडकखण्ड ५ दिन बन्द हुने भएको छ । उक्त सडकका विभिन्न स्थानमा मर्मतका लागि सडकखण्ड बन्द हुने भएको हो । पर्सी चैत २२ गते देखी २६ गते सम्म घोराही लमही सडकखण्ड बन्द हुने भएको सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी रानाले जानकारी दिए ।
सडक डिभिजन कार्यालयले आजैदेखी काम थालेको र २२ देखी २६ गते सम्म ठुला सवारीका साधनहरु पूर्णरुपमा बन्द हुने छन । केही बर्ष पहिले पनि मसोटका मोडहरु मर्मत गरिएको थियो ।
तपाईंको प्रतिक्रिया