नेपालगञ्जमा एक कोरोना सङ्क्रमितको मृत्यु

 बैशाख ०२, २०७८

नेपालगञ्ज ।

भारतीय सीमानासँग जोडिएको बाँके जिल्लामा कोरोनाले दिनदिनै भयावह रुप लिदैँ गएको छ । गत पाँच दिनयता दैनिक ठूलो संख्यामा संक्रमित भेटिन थालेका छन् भने मृत्यु हुने क्रम पनि दिनदिनै बढ्दो छ ।

नेपालगञ्ज मेडिकल कलेज नेपालगञ्ज शिक्षण अस्पतालमा गए राती बाँकेको खजुराका एक जना कोरोना संक्रमितको उपचारकै क्रममा मृत्यु भएको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र बाँकेले जनाएको छ ।

नेपालगञ्ज मेडिकल कलेजको नेपालगञ्जस्थित शिक्षण अस्पतालमा खजुरा २ का ४२ वर्षका पुरुषको कोरोना संक्रमणबाट गए राती मृत्यु भएको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र बाँकेका कोरोना फोकल पर्सन तेज ओलीले बताउनुभयो ।

उहाँका अनुसार बाँकेमा कोरोना संक्रमणबाट मृत्युु हुने शिलशिला फेरी शुरु भएको छ । उपचाररत कोरोना संक्रमितको मृत्यु हरेक दिन भैरहेको छ । जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र बाँकेका अनुसार जिल्लामा कोरोना संक्रमण नियन्त्रण भन्दा बाहिर गएको छ ।

तपाईंको प्रतिक्रिया