मुख्यमन्त्रीले भने- “संसदीय ह्विप नमान्नु गम्भीर अपराध हाे”

 बैशाख ०३, २०७८


तुलसीपुर ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शकर पाेख्रलले पार्टीको संसदीय ह्विप नमान्नु गम्भीर अपराध भएको बताएका छन । कर्णाली प्रदेशमा चार सांसदले मुख्यमन्त्रीकाे पक्षमा मतदान गरेकाे प्रति सामाजिक सञ्जालमा टिप्पणी गरेका छन ।
राजनीतिमा विचारका आधारमा ध्रुविकरण स्वभाविक रहेपनि एउटै पार्टीमा बसेर संसदीय ह्विप उलंघन गम्भीर राजनीतिक अपराध हो, उनले लेखेका छन । एमालेका चार सांसदले फ्लोर क्रस गर्दै मुख्यमन्त्री महेन्द्र बहादुर शाहीलाई मत दिएका थिए । एमालेका चार सांसदको मत पाएपछि शाही नेतृत्वको सरकार जोगिएको छ ।

तपाईंको प्रतिक्रिया