नेपालगञ्जमा १०६ जना संक्रमित थपिए

नेपालगञ्ज ।
नेपालगञ्जको भेरी अस्पतालमा एक सय ६ जनालाई कोरोना पुष्टि भएको छ । अस्पतालले पछिल्लो चौविस घण्टामा एक सय ९० जनालाई जाँच गर्दा एक सय ६ जनालाई कोरोना पुष्टि भएको जनाएको छ ।
कोरोना पुष्टि भएका अधिकांश बाँकेका रहेका छन् । जिल्लामा केही दिनयता दैनिक ठूलो संख्यामा संक्रमित थप भइरहेका छन् ।
तपाईंको प्रतिक्रिया