एक हजार बढी भेटिए कोरोना संक्रमित

काठमाडौं ।
पछिल्लो २४ घण्टामा थप एक हजार ९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कुल पाँच हजार ८४ जनामा पीसीआर र ६ सय ९९ जनामा एन्टिजेन परीक्षण गरेकामध्ये एक हजार ९६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा मात्रै ४ सय ३५ जनामा संक्रमण पुष्टि भएको छ । जसमध्ये काठमाडौंमा तीन सय २६, ललितपुरमा ६४ र भक्तपुरमा ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
अहिले क्वारेन्टाइनमा ८५,आइसीयूमा ११६ र भेन्टिलेन्टरमा ४६ जना रहेका छन् भने दुई सय ६२ जना डिस्चार्ज भइसकेको मन्त्रालयले जनाएको छ ।
तपाईंको प्रतिक्रिया