तुलसीपुरका वालवालिकालाई भिटामिन ए र जुकाको औसधि खुवाईदै

 बैशाख ०६, २०७८

तुलसीपुर ।

तुलसीपुरका वालवालिकालाई भिटामिन ए र जुकाको औसधि खुवाईदै छ । आज र भोली वैशाख ६ र ७ गते ५ बर्ष देखी मुनिका सबै बालबालिका हरुलाई भिटामिन ए, जुकाको औषधि र वालभिटा खुवाउन थालीएको हो । आज प्रत्येक वडाका केन्द्रवाट र भोली घरमै पुगेर खुवाइने जनश्वास्थ्य निरीक्षक बिमल केसीले जानकारी दिनुभएको छ । यसका तुलसीपुर उपमहानगरपालिकामा २१८ जना महिला स्वास्थ्य स्वयं सेविकाहरु परिचालन गरिएको छ । प्रत्येक वडामा रहेका स्वास्थ्य संस्थाहरुले त्यसको व्यवस्थापन मिलाएको केसीले जानकार िदिनुभयो । यस अघि हात्तिपाईले अभियानमा जुकाको औषधि खाएका वालवालीकालाई भने भिटामिन ए मात्र खुवाईने छ ।

तपाईंको प्रतिक्रिया