युवा संघ सल्यानले भन्यो- कर्णालीमा एमाले सांसदले राजनितिक अपराध गरे

 बैशाख ०७, २०७८

सल्यान ।

राष्टिय युवा संघ सल्यानले एमालेको संसदीय ह्विप नमान्नु राजनितिक अपराध भएको ठहर गरेको छ । जिल्ला कमिटिले आज एक विज्ञप्ती जारी गर्दै बैशाख ३ गते कर्णाली प्रदेश सभाको सातौ अधिबेशनमा एमालेका सांसदहरु प्रकाश ज्वाला, कुर्मराज शाही,नन्द सीह बुढा र अमर बहादुर थापाले पार्टिको ह्विप उल्लघन गरि मतदाताको भावना माथि खेलवाड गरेको जनाएको छ ।

जिल्ला अध्यक्ष रुपक बुढाले जारी गरेको विज्ञप्तीमा निजहरुलाई जनस्तरबाटै तिरस्कार गर्न अपिल गरिएको छ । माओवादी केन्द्रलाई गरेको उक्त सहयोगले उक्त पार्टिमै विलय हुने प्रष्ट भएको छ विज्ञप्तीमा भनिएको छ ।

तपाईंको प्रतिक्रिया