कलेजका प्रिन्सीपल सहित २१ जनामा कोरोना संक्रमण

 बैशाख ०८, २०७८

तुलसीपुर, ८ बैशाख ।
तुलसीपुरमा कलेजका प्रिन्सीपल सहित २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान र अन्य अस्पतालमा गरिएको कोरोना परिक्षणमा २१ जनामा कोरोना पुष्टी भएको कोरोना फोकल पर्सन बिमल केसीले जानकारी दिए । जसमा वडानम्बर ६ का १२ जना, वडानम्बर ५ का २ जना, वडानम्बर १५ का २ जना, वडानम्बर १८ का १ जना, वडानम्बर १९ का १ जना, वडानम्बर १० का १ जना, वडानम्बर २ का १ जना र वडानम्बर १ का १ जनामा कोरोना पुष्टि भएको हो ।

आज थपिएका संक्रमित ३ जना भारतबाट आएका रहेका छन । यस्तै, एक कलेजका प्रिन्सिपल समेत रहेका छन । यो संगै तुलसीपुरमा संक्रिय संक्रमित को संख्या ९६ पुगेको छ ।

तपाईंको प्रतिक्रिया