ओली र नेपालबीच भेटवार्ता

 बैशाख ०८, २०७८

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीचको भेटवार्ता सकिएको छ । काठमाडौंको नक्शालस्थित मेरियट होटलमा अध्यक्ष ओली, नेपालबीच भेटवार्ता भएको थियो । भेटमा एमाले नेता विष्णु पौडेल पनि सहभागी गिए ।

नेताहरुबीच करिब २ घण्टा भेटवार्ता भएको थियो । बुधबार पौने ७ बजे नेता नेपाल होटलबाट बाहिरिएका छन् । उनले सञ्चार माध्यममा भेटवारे प्रतिक्रिया नदिने बताए । वार्ता पछि दुवै नेता प्रफुल्ल देखिन्थे ।

तपाईंको प्रतिक्रिया