कोरोनाबाट बाँकेमा थप तीन जनाको मृत्यु

तुलसीपुर । कोरोना भाइरसको संक्रमनका कारण बाँकेमा थप तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सल्यानका एक र बाँकेका दूई जना रहेका छन् । बाँकेको बैजनाथ गाउँपालिका वडा नं. ६ का २८ बर्षीय मानबहादुर पुनको शुक्रवार बिहान उपचारका क्रममा मृत्यु भएको बाँकेका कोरोना फोकल पर्सन तेज वलीले जानकारी दिए ।
त्यस्तै नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा उपचाररत सल्यानको बनगाड ३ का ५६ बर्षीय विरबहादुर नेपाली बाँकेको जानकी १ की ७१ बर्षीया महिला सुमन पाठकको मृत्यु भएको वलीले जानकारी दिए ।
नेपाली र पाठकको बिहीबार राति नै मृत्यु भएको थियो । बाँकेमा बितेको २४ घण्टामा ६ जना संक्रमितको मृत्यु भएको छ । पछिल्लो समय बाँकेमा तीव्र रुपमा कोरोना संक्रमन बढेपछि अस्पतालहरु बिरामीले भरिभराउ भएका छन् । बिरामीले अक्सिजन र बेड पाउन मुस्किल परेको छ ।
तपाईंको प्रतिक्रिया