कोरोनाबाट दाङमा थप एक पुरुषको निधन

 बैशाख ११, २०७८


तुलसीपुर ।

दाङमा थप एक कोरोना संक्रमितको निधन भएको छ । जिल्लाको घोराही उम नपा १५ का ६२ वर्षिया पुरुषको गयराति निधन भएको कोरोना विशेष अस्पताल वेलझुण्डिका ब्यवस्थापक द्रोण ओलीले जानकारी दिनुभयो । उहा अस्पतालमा बैशाख १ गतेदेखि आइसियुमा उपचाररत हुनुहुन्थ्यो ।

उहाँलाई निमोनिया सगै कोभिड संक्रमण थियो । उहाको निधन भएसगै हाल सम्म अस्पतालमा उपचाररत १० जनाको निधन भएको छ । यस अघि हिजो नै जिल्लामा दुई कोरोना संक्रमितको निधन भएको थियो ।

तपाईंको प्रतिक्रिया