तुलसीपुरमा आज पनि ४१ संक्रमित थपिए

 बैशाख ११, २०७८


तुलसीपुर ।

तुलसीपुर । तुलसीपुरमा अाज पनि ४१ जनामा कोरोना पुष्टि भएको छ । राप्ती श्वास्थ्य बिज्ञान प्रतिष्ठानमा ३७ र नेश्नल ल्यावमा परिक्षण गर्दा ४ जनामा काेराेना पुष्टि भएको उपमहानगरपालिकाका काेराेना फाेकल पर्सन बिमल केसीले जानकारी दिए । अाज उपमहानगरपालिकाका कर्मचारी र सामुदायिक बिद्यालयका शिक्षकमा पनि काेराेना देखिएकाे छ । यस अघि शुक्रबार पनि यहि मात्रामा संक्रमित थपिएका थिए । यो सङै सक्रिय संक्रमितकाे संख्या २१६ जना पुगेको छ ।

तपाईंको प्रतिक्रिया