दाङ घोराहीका एक कोरोना संक्रमितको निधन

 बैशाख १२, २०७८

तुलसीपुर ।

दाङमा थप एक कोरोना संक्रमितको निधन भएको छ । जिल्लाको घोराही उम नपा १५ का ५७ वर्षिय पुरुषको आज विहान ११ बजेतिर निधन भएको कोरोना विशेष अस्पताल वेलझुण्डिका ब्यवस्थापक द्रोण ओलीले जानकारी दिनुभयो । उहा अस्पतालमा बैशाख २ गतेदेखि आइसियुमा उपचाररत हुनुहुन्थ्यो ।

उहाँलाई निमोनिया सगै कोभिड संक्रमण भएको थियो । उहाको निधन भएसगै हाल सम्म अस्पतालमा उपचाररत ११ जनाको निधन भएको छ । यस अघि अस्पतालमा बैशाख १० गते राती उपचारत घोराही १५ कै एक पुरषको निधन भएको थियो ।

तपाईंको प्रतिक्रिया