प्युठानमा भिरबाट लडेर बृद्धको मृत्यु

 बैशाख १३, २०७८

तुलसीपुर ।

प्युठानमा भिरबाट लडेर एक बृद्धको ज्यान गएको छ । ज्यान जानेमा प्युठान नगरपालीका वडा नम्बर २ आरनेटा बस्ने ७८ बर्षिय शिव प्रसाद खत्रि रहेको प्रदेश प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । क्वाडीबाट घर फर्किने क्रममा आरनेटा जंगलमा सडक देखि १० मिटर तल खत्री मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

आज विहान भएको घटनाबारे थप अनुसन्धान भैरहेको छ ।।

तपाईंको प्रतिक्रिया