तुलसीपुरका एक कोरोना संक्रमितको निधन

 बैशाख १३, २०७८

तुलसीपुर ।

दाङको तुलसीपुरमा थप एक कोरोना संक्रमितको निधन भएको छ । कोरोना विशेष अस्पताल बेलझुण्डीमा उपचाररत तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ७ का ४० बर्षीय पुरुषको मृत्यु भएको अस्पतालका व्यबस्थापक दोर्ण ओलीले जानकार दिए ।

आज पौने ४ बजेतिर ति पुरुषको मृत्यु भएको हो । उनी बैशाख १० गतेदेखि बेलझुण्डी अस्पतालमा आइसियु कक्षमा उपचाररत थिए । यो संगै अस्पतालमा हाल सम्म कोरोनाबाट मृत्यु हुनेको संख्या १२ पुगेको छ ।

तपाईंको प्रतिक्रिया