बैशाख १७ देखि दाङमा लकडाउन

 बैशाख १४, २०७८

दाङ ।
दाङमा कोरोना संक्रमित बढ्दै गएको भन्दै बैशाख १७ गते देखि लकडाउनको घोषणा गरिएको छ । दाङका प्रमुख जिल्ला अधिकारी दिर्घनारायण पौडेलको अध्यक्षतामा आज घोराहीमा बसेको सरोकारवालाहरुको बैठकले लकडाउन गर्ने निर्णय गरेको हो ।

बैठकले यहि बैशाख १७ गते विहान ६ बजेदेखी २५ गते बेलुकी ६ बजे सम्म लकडाउन गर्ने निर्णय गरेको हो । खाद्यान्न पसल भने दैनिक विहान ६ बजेदेखी ८ बजे सम्म खुल्नेछन भने अत्यावश्यक सवारी साधन बाहेक अन्य यातायात सन्चालनमा रोक लगाईएको छ ।

तपाईंको प्रतिक्रिया