मंगलबार ४५२४ संक्रमित थपिए, १८ जनाको मृत्यु

 बैशाख १४, २०७८

काठमाडौं ।

मंगलबार नेपालमा कोरोनाभाइरसका ४,५२४ जना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार बितेको २४ घण्टामा १५ हजार ६७१ एन्टीजेन र पीसीआर परीक्षण गर्दा ती संक्रमित भेटिएका हुन् ।

२४ घण्टामा १८ जनाको मृत्यु भएको जनाइएको छ । कूल मृतक संख्या ३ हजार १९४ पुगेको छ ।कूल संक्रमित संख्या ३ लाख ७ हजार ९२५ पुगेको छ । सक्रिय संक्रमित संख्या २६ हजार २२५ पुगेको छ । ५०० भन्दा बढी सक्रिय संक्रमित हुने जिल्लाको संख्या १० पुगेको छ जसमा काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, कास्की, दाङ, बाँके, रुपन्देही, मोरङ र पर्सा छन् ।

तपाईंको प्रतिक्रिया