नेपालमा कोरोना निको हुने दर बढ्यो

 बैशाख २०, २०७८

तुलसीपुर ।

नेपालमा कोरोना निको हुने दर बढेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो चौबीस घण्टामा मात्रै २ हजार २१ सङ्क्रमित कोरोनामुक्त भएको उल्लेख गरेको छ । हालसम्म दुई लाख ८६ हजार १५ जना कोरोनामुक्त भएका छन् । यस अघि गएको शनिवार १२ सय ८७ र आइतवार १६ सय १२ जना संक्रमण मुक्त भएका थिए ।

सङ्क्रमित संख्या बृद्धि हुनु र निको हुने कम हुँदा सङ्क्रमित निको हुने दर घटेर ८३.३ प्रतिशत भएको छ । हाल ५४ हजार ४१ जनामा भाइरसको सङ्क्रमण सक्रिय छ । हाल २१२ जना क्वारेन्टिनमा र ५४ हजार ४१ जना आइसोलेशनमा रहेको मन्त्रालयले जनाएको छ । हालसम्म २५ लाख २१ ह्जार १६४ जनाको आरटीपीसीआर परीक्षण गरिएको छ ।

तपाईंको प्रतिक्रिया