घोराही उपमहानगरले प्रतिष्ठानलाई ५० अक्सिजन सिलिण्डर दियो

 बैशाख २३, २०७८

घोराही । दाङकाे घोराही उपमहानगरपालिकाले राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानलाई ५० वटा अक्सिजन सिलिण्डर प्रदान गरेको छ । कोरोना संक्रमित बिरामीलाई अक्सिजन अभाव नहाेस भनेर उपमहानगरपालिकाले ती सिलिण्डर अक्सिजन बिहीवार प्रदान गरेको हो । उपमहानगरपालिका उपप्रमुख सीता सिग्देल न्यौपानेले प्रतिष्ठानका अस्पताल निर्देशक प्रज्ञा बस्नेतलाई सिलिण्डर हस्तान्तरण गरेकी हुन ।

उपमहानगरपालिकाले अक्सिजन सहयोग गरेपछि प्रतिष्ठानले थप २५ बेडको अक्सिजनसहितको आईसोलेशन थप गरेको निर्देशक बस्नेतले बताइन । तत्कालै २५ मा १० बेड थप गरि ३५ बेड अक्सिजनसहितको बनाइएको छ भने अन्य १५ बेडहरु अक्सिजन बिनाको निर्माण गरिएको छ । थप अक्सिजन सिलिण्डर प्राप्त गरे ५० पुरै अक्सिजनसहितको आइसोलेसन चलाउने तयारी प्रतिष्ठानले गरेको छ ।

तपाईंको प्रतिक्रिया