काेराेनाबाट तुलसीपुरमा एक पुरुषको ज्यान गयाे
तुलसीपुर । कोरोनाकै कारण तुलसीपुरमा एक पुरुषको ज्यान गएको छ । तुलसीपुर ५ बस्ने बि आर डेण्टल अस्पतालका सन्चालक ६७ बर्षिया भविश्वर भुसालको कोरोना विशेष अस्पताल बेलझुण्डिमा उपचारको क्रममा ज्यान गएको हाे । कोरोना संक्रमण पुष्टि भएपछि गएको बैशाख २० गतेदेखी एचडियु कक्षमा उपचाररत भुसालको शनिवार विहान साढे एक बजे ज्यान गएकाे अस्पतालका व्यवस्थापक दोर्ण वलीले जानकारी दिनुभयो । यस अघि शुक्रवार दुई जना संक्रमितको अस्पतालमा मृत्यु भएको थियो ।



तपाईंको प्रतिक्रिया