राेल्पामा हतियारको गोली र म्याग्जिन फेला

 जेठ ०९, २०७८

तुलसीपुर । राेल्पामा ठूलो परिमाणमा अत्याधुनिक हतियारको गोली र म्याग्जिन फेला परेको छ। शनिबार दक्षिणी रोल्पाको त्रिवेणी गाउँपालिका २ रामपुरमा रहेको सामुदायिक वनको बाँसघारीबाट सेना र प्रहरीको एक टोलीले गोली र म्याग्जिन बरामद गरेको हो।

बाँसको घरीमा प्लाष्टिकमा पोको पारेर राखिएको ९ सय ७० थान गोली र २५ वटा म्याग्जिन बरामद गरिएको जिल्ला प्रहरी प्रमुख एवं प्रहरी नायव उपरीक्षक नरेशराज सुवेदीले बताउनुुभयो। एके ४७ हतियारको गोली ७ सय ५२ थान, सेभेन–६२ एमएम हतियारको गोली २ सय ८ थान र नाइन एमएम हतियारको गोली १० थान फेला पारिएको हो।

त्यससँगै एसएमजी गणको म्याग्जिन २३ थान, एम-१६ मा प्रयोग हुने म्याग्जिन १ थान र एलएमजीको म्याग्जिन थान १ छन्।

तपाईंको प्रतिक्रिया