आईपीएलका बाँकी खेल दुबईमा हुने

 जेठ १५, २०७८

इन्डियन प्रिमयर लिग (आईपीएल)का बाँकी खेल दुबईमा हुने भएका छन् । खेलाडीमा कोरोना भाइरसको संक्रमण भएपछि स्थगित भएका बाँकी खेलहरू दुबईमा गर्ने निर्णय भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीआईसीसी)ले गरेको हो ।

बोर्डका उपाध्यक्ष राजीव शुक्लाका अनुसार आईपीएलका बाँकी खेल सेक्टेम्बर र अक्टोबारमा दुबईमा खेलाइने छन् । खेलका क्रममा खेलाडीहरूमा कोरोना भाइरसको संक्रमण देखिएपछि ४ मेका दिन बोर्डले आईपीएलको १४औँ सिजनका बाँकी खेल अनिश्चितकालका लागि स्थगित गर्ने निर्णय गरेको थियो ।

आईपीएलका ३१ खेल बाँकी छन् । सेक्टेम्बर-अक्टोबरमा भारतमा वर्ष हुने भएकाले दुबईमा बाँकी खेल खेलाउने निर्णय बीआईसीसीले लिएको भारतीय सञ्चारमाध्यले जनाएका छन् ।

तपाईंको प्रतिक्रिया