प्रादेशिक अस्पतालमा पीसीआर ल्याब स्थापना गर्ने निर्णय

तुलसीपुर ।
लुम्बिनी प्रदेश सरकारले श्रोत अस्पतालहरुलाई एचडीयू, आईसीयू र भेन्टिलेटर विस्तारको लागि तत्काल खरिद प्रक्रिया अगाडि बढाउन निर्देशन गरेको छ । स्रोत सुनिश्चितता भएका अस्पतालहरुले अक्सिजन प्लान्ट स्थापनाका लागि प्रक्रिया अघि बढाउन आग्रह गर्दै आवश्यक सहजीकरण तथा अनुगमनका लागि प्रदेश स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई जिम्मेवारी दिएको छ ।
मुख्यमन्त्री शंकर पोखरेल संयोजक रहेको लुम्बिनी प्रदेश कोरोना संकट व्यवस्थापन समितिको आईतवार बसेको बैठकले स्वास्थ्य सामग्रीको खरिदका लागि संघ तथा प्रदेश स्वास्थ्स्य मन्त्रालयसँग समन्वय गरी सम्बन्धित अस्पतालहरुले तत्काल खरिद प्रक्रिया अगाडि बढाउन आग्रह गरेको मुख्यमन्त्रीका प्रेस सल्लाहकार शेरबहादुर केसीले बताए ।
बैठकले राप्ती प्रादेशिक अस्पतालमा पीसीआर ल्याब स्थापन गर्ने निर्णय गरेको छ । यसैगरी राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, दाङ्गले नजिकका पहाडी जिल्लाका लागि निःशुल्क पीसीआर परीक्षण गर्ने व्यवस्था मिलाउने निर्णय पनि भएको छ ।
तपाईंको प्रतिक्रिया