अभियानद्वारा बिरामी बृद्धको उपचारमा सहयोग

तुलसीपुर ।
संयुक्त दलित युवा अभियान दाङले बिरामी भएर घरमा थला परेका एक बृद्धलाई उद्धार गरि अस्पताल पुर्याएको छ । तुलसीपुर ४ रक्षाचौर चारबाटोमा बस्ने बल बहादुर बिक लार्इ जेठ १९ मा राप्ती प्रादेशिक अस्पतालमा भर्ना गराएको अभियानले जनाएको छ । अति बिपन्न परिवार भएको र घरमा बृद्ध बृद्धा मात्रै बिरामी अबस्थामा भएको जानकारी आएपछि संयुक्त दलित युवा अभियान दाङको टोली राहत लिएर घरसम्म पुगेर अस्पताल भर्ना गराएको थियो ।
भर्ना भएको तीन दिन पछि शुक्रवार बिरामीको लक्षण कोभिड संग मिल्दोजुल्दो भएकोले पिसीआर चेक गर्नु पर्ने डाक्टरको सल्लाह बमोजिम नेशनल ल्याब प्याथको टिमलाइ अस्पताल बोलाएर नमुना लिएको अभियानको संयोजक खेमराज बिक सेन्चुरीले बताउनु भएको छ । पिसीआर जाचको शुल्क दुई हजार अभियानले ब्यहोरेको छ । रिपोर्ट आइनसकेको र पोजेटिभ भएपनी उपचारको ब्यबस्थापनमा अभियानले सहयोग गर्ने बताएको छ ।
तपाईंको प्रतिक्रिया