थप ५०४२ जनामा कोरोना संक्रमण, ८२४३ संक्रमणमुक्त

 जेठ २२, २०७८

काठमाडौं ।

पछिल्लो २४ घन्टामा नेपालमा थप ५०४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८२४३ जना संक्रमणमुक्त भएका छन् । मन्त्रालयका अनुसार १६ हजार ८१४ परीक्षणमध्ये ११४७१ पिसिआरबाट ३५४० र ५३४३ एन्टिजेन परीक्षणबाट १५०२ जनामा कोरोना पोजेटिभ पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार गत २४ घण्टामा ६८ जना संक्रमितको मृत्यु भएको छ । योसँगै देशभर कोरोनाले मृत्यु हुनेको संख्या ७ हजार ७ सय ९९ पुगेको छ । यो अवधिमा ८ हजार २ सय ४३ जना संक्रमणमुक्त भएका छन् संक्रमणमुक्त हुने दर ८२ दशमलब ८ प्रतिशत पुगेको मन्त्रालयले जनाएको छ।

तपाईंको प्रतिक्रिया